चावहिल र टोखामा मञ्जुश्री फाइनान्सको शाखा विस्तार

काठमाडौं, २३ माघ । मञ्जुश्री फाइनान्स लिमिटेडले चावहिल र टोखाको गोंगबुमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। थप २ शाखासहित मञ्जुश्रीको शाखा संख्या २३ पुगेको छ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यो फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगन्ज, धरान, पोखरा, वीरगन्ज, मुर्गिया, योगीकुटी, मणीग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, इनरुवा, झुम्का बजार र विराटचोकमा २१ वटा शाखा रहेका थिए।

२०७८ साल पुस मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्तापुँजी एवं रु. ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको यो फाइनान्सले रु. ११।६३ अर्ब निक्षेप संकलन गरी रु. ११.०२ अर्ब कर्जा परिचालन गरेको छ।

यसका साथै फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here