जाल्पा लघुवित्तको आइपीओमा ४४ गुणाबढी आवेदन, कतिले भरे ?

काठमाडौं, २३ माघ । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा माग भन्दा ४४ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतवार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा १७ लाख ५४ हजार ५१७ आवेदकले २ करोड १७ लाख ४९ हजार ४९० कित्ता सेयर माग गरेका छन्।

जुन कुल मागको ४४.५८ गुणाले बढी हो।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर विक्रीमा ल्याएको छ ।

कुल सेयरमध्ये ८ हजार कम्पनीका कर्मचारी र २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा माघ २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here