परिसंघको अध्ययन भन्छ-‘सीडी अनुपात लागू गर्न बैंकहरुलाई समय नदिँदा तरलता अभाव’

काठमाडौं २३, माघ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडीबाट सीडी अनुपातको ९० प्रतिशतको सीमा तोकी लागू गर्दा बैंकहरुलाई अनुपालनाका लागि ग्रेस पिरियडको समय नै नदिएकाले तरलता समस्या बढेको बैंक तथा वित्तीय संस्था परिसंघको अध्ययन प्रतिवेदनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले ल्याउने नीति कार्यान्वयन गर्नका लागि कहिलेकाँही पर्याप्त सयम दिएको देखिदैन ।

‘४ गुणाले पुँजी बृद्घि गर्नका लागि मात्र २ बर्षको समय दिइयो । बैंकिङ् तथ्यांक अनुसार सीसीडीबाट सीडी अनुपात लागू गर्दा खासै फरक पर्ने देखिदैन्थ्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, कुनै बैंकको तोकिएको ९० प्रतिशत भन्दा बढी पनि हुन गयो ।’

उक्त निर्देशन अनुपालना गर्नका लागि बैंकहरुले निक्षेप तानातान गर्न थाले । यसले बैंकिङ् क्षेत्रमा तरलता समस्या आकासिएको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here