काठमाडौं उपत्यकामा प्रशासनको नयाँ आदेश: के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं, २४ माघ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेका छन् ।

कोरोना संक्रमणदर घट्दै गएको अवस्थामा उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरूले नयाँ आदेश जारी गरेका हुन् । जसमा यसअघिको प्रावधानमा खुकुलो गरिएको हो ।

आदेशमा सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा लगायत भीडभाड हुने कामहरु गर्न नपाइने उल्लेख छ ।

सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइँदैन । चालक, सहचालक र सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी आउँदो फागुन १ गतेदेखि सञ्चालन गर्न सकिनेछ ।

तर, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here