काठमाडौं, २४ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ज्योति लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।
मूल्य समायोजन भएका कम्पनीहरुमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड रहेको छ ।
जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ८८ रूपैयाँ ७८ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ ।
नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य ६ सय ७७ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको २० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ४३ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ ।
नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य २ हजार ३ सय ३२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ५० रूपैयाँ कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य ७ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।