थप १५७० जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

काठमाडौं, २४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १०२२ जना र ३४९१ जनाको एन्टिजेन परीक्षण गर्दा ५४८ गरी १५७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६७ हजार ४२७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६१४६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख १५ हजार ४८९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४० हजार १११ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here