स्थानीय तहको चुनाव घोषणाले लगानीकर्ता उत्साहित, शेयर बजारमा उछाल

काठमाडौं, २५ माघ । सरकारले बैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ ।

सोमवार मन्त्रिपरिषदको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको थियो ।

निर्वाचन हुने निश्चित भएपछि शेयर लगानीकर्तामा मंगलवारको बजार खुलेदेखिनै उत्साह बढेको छ ।

चुनाव हुँदा ठूलो धनराशी परिचालन हुने र अर्थतन्त्र चलायमान हुँदा शेयर बजारमा पनि सकारात्मक असर पर्ने लगानीकर्ताको बुझाइ छ । यो समाचार तयार पर्दा ११ बजेर १५ मिनेटमा शेयर बजार मापक सूचक (नेप्से) ५२.५८ अंकले बढेर २९०४.४५ विन्दुमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here