डिजिटल भुक्तानीका लागि लुम्बिनी विकास बैंक र खल्ती बिच सम्झौता

काठमाडौं, २० असार । लुम्बिनी विकास बैंक र खल्ती डिजिटल वालेट बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

लुम्बिनी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब लुम्बिनी विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी तथा बैंकका ६५ वटै शाखाहरुमा उपलब्ध डिपोजिट भौचर मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको रेग्मिले बताए ।

उक्त सम्झौताको बारेमा बोल्दै लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले भने ‘हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । जसको लागि खल्तिीसंग सम्झौंता भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here