दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब २८ करोडको कारोबार

काठमाडौं, २५ माघ । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये ५ वटाको परिसूचक हरियो भएको छ भने ८ वटाको घटेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । शेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स र बुद्धभूमी हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, दोहोरो अंकले घटेको बजारमा आज लिबर्टी इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ६.२७ प्रतिशतले घटेको छ ।

त्यसैगरी, नेपाल हाइड्रो ५.१८, बोटलर्स नेपाल ३.९५, युनिभर्सल पावर ३.६३, तेह्रथुम पावर ३.२५, अपर तामाकोशी ३.०९, हिमालयन पावर, एचआइडीसीएल, छ्याङ्दी हाइड्रोपावर, हिमाल दोलखा लगायत १ दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३५ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।

अपी पावर ३३ करोड र निफ्रा ३२ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here