जाल्पा लघुवित्तको आइपीओ भर्नेको संख्यामा नयाँ रेकर्ड, कतिले भरे ?

काठमाडौं, २५ माघ । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा माग भन्दा ६६ गुणा बढी आवेदन परेको छ ।

आवेदनको अन्तिम दिन साँझ ५ बजेसम्ममा हालसम्मकै उच्च २६ लाख ५९ हजार ५४० जना लगानीकर्ताले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् ।

यो नै आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६६.६५ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

कुल सेयरमध्ये ८ हजार कम्पनीका कर्मचारी र २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधरणको लागि छुट्याइएको थियो ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६६।६५ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।

यो आइपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको थियो ।

यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्ने ब्यवस्था थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here