इमर्जिङ नेपालको आइपीओ खुल्यो

काठमाडौं, २६ माघ । इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक साधरण सयेर (आइपीओ) खुल्ने भएको छ ।

आज (कार्यालय समयदेखि) कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन हुने कुल सेयरमध्ये ११ हजार ११२ कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र २७ हजार ७८० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा फागुन १ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here