अवरुद्ध मध्यपहाडी राजमार्ग खुल्यो

फाइल तस्वीर

२१ असार, काठमाडौं । सडक माथिबाट आएको सुख्खा पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड खुलेको छ ।
कुश्मा नगरपालिका–८ स्थित दोविल्लामा सुख्खा पहिरो जाँदा शनिबार बिहानैबाट सडक अवरुद्ध बनेको थियो । बिहान ७ बजेदेखि अपरान्ह देखि सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

निर्माणाधीन उक्त लोकमार्ग हिउँदको समयमा फराकिलो बनाउने क्रममा भिर काटिएको थियो । सोही ठाउँबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको स्काभेटर र प्रहरी परिचालन गरिएको थियो । ठूला ठूला ढुङ्गा खसेका कारण तीन घण्टाभन्दा बढी सडक अवरुद्ध बनेको थियो ।
सडक अवरुद्ध हुँदा अलपत्र बनेका धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो दुरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

यसैबीच प्रहरीले वर्षायाममा सडक अवरुद्ध हुनसक्ने भन्दै डोजर र प्रहरीलाई तयारी अवस्थामा राख्ने जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here