शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा भारी गिरावट

काठमाडौं, २६ माघ । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ ।

साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २२.११ अंकले घटेर २८१३.४७ विन्दुमा पुगेको छ । अघिल्लो दिन नेप्से १६ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको ३ अर्ब ४७ करोड ११लाख ९ हजार १८२ रुपैयाँ बराबरको ६५ लाख २० हजार ६२८ कित्ता शेयर किनबेच भएका छन् ।

मंगलवार तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । त्यसदिन ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.५४ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स, लगानी र व्यापार समूह पनि १ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा आज बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.६४ प्रतिशतले घटेको छ ।

त्यसैगरी, नेपाल एसबीआई बैंकको डिबेञ्चर, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी विकास बैंक र वीन नेपाल लघुवित्तको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, सामलिङ पावर, माउन्टेन इनर्जी, बुटवल पावर, गरुाँस लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, जानकी फाइनान्ससहित डेढ दर्जन कम्पनीको शेयर मूलय २ प्रतिशतले घटेको छ ।

घट्दो बजारमा आज लिबर्टी इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ३.०४ प्रतिशतले बढेको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम साढे १४ करोड र नेशनल हाइड्रो १४ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here