थप २४०१ जनामा कोरोना पुष्टी, १४ जना संक्रमितको निधन

काठमाडौं, २६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १८५१ जना र ४७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० गरी २४०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७० हजार ४६२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७७७७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख २८ हजार ३६९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here