इमर्जिङ नेपालको आइपीओमा आवेदकको ओइरो, पहिलो दिनमै १४ गुणा बढी आवेदन

काठमाडौं, २६ माघ । इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक साधरण सयेर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।

साँझ ५ बजेसम्ममा ६ लाख ३३ हजार २१७ जनाले ७४ लाख ४७ हजार ३२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १४.४१ गुणा बढी आवेदन हो ।

कम्पनीले आज बुधबार (माघ २६ गते) बाट प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो ।

सीडीएससीका अनुसार बुधबार साँझ ५ बजेसम्म कम्पनीको आइपीओमा ६ लाख ३३ हजार २१७ जनाले ७४ लाख ४७ हजार ३२० कित्ताका लागि आवेदन दिएका छन् ।यो मागभन्दा १४.४१ गुणा बढी हो ।

कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीमा ल्याएको छ ।निष्काशित कुल सेयरमध्ये ११ हजार ११२ कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र २७ हजार ७८० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा फागुन १ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here