मौसम पूर्वानुमान: तीनवटा प्रदेशमा वर्षाको सम्भावना, कस्तो रहन्छ आगामी तीनदिन ?

काठमाडौं, २७ माघ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागहरुमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २७ गते (बिहीबार)

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ २८ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहि बांकी भु-भागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ २९ गते (शनिबार)

दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here