ह्याप्पी आवर क्यासिनाे र ड्रिमल्याण्ड होटल बन्द गर्न पत्रचार

फाइलफोटो

काठमाडौं, २७ माघ । क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को निर्णय पनि गरेका छन् ।

मन्त्रालयले सरकारलाई राजस्व नबुझाउने नेपालगञ्जको ड्रिमल्याण्ड होटलमा सञ्चालित ह्यापी आवर क्यासिनो पनि बन्द गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

क्यासिनोले ३८ करोड भन्दा बढी रोयल्टी नतिरेको भन्दै बन्द गर्न पत्र समेत काटेको छ।

क्यासिनोले २०७६/०७७ सम्मको बाँकी बक्यौता २०७७/०७८ को इजाजतपत्र नवीकरण दस्तुर २०७८/७९ को रोयल्टी तथा नवीकरण दस्तुर समेत गरी जम्मा ३८ करोड १० लाख ४५ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ। ड्रिमल्याण्ड होटलले पर्यटन विभागको वर्गीकरणमै परेको छैन ।

लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ । ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here