‘हल्ट प्राइज एट आईओई’ प्रतियोगिताको फाइनल फेब्रुअरी १२ मा हुने

काठमाडौं, २७ माघ । हल्ट प्राइज आईओईको फाइनल आगामी फेब्रुअरी १२ मा हुने भएको छ।

हल्ट प्राइजको फाइनल कार्यक्रम बज्र टेक्नोलोजिज , नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक लिमिटेड, इम्प्याक्ट हब नेपाल, भर्टेक्स नेपाल, र दराजको सहकार्यमा हुनेछ।

१०६ मध्ये कुल १८ टोलीहरू फाइनलमा पुगेका छन् जसले आफ्ना परियोजना निर्णायक प्यानलको अगाडि पिच गर्नेछन्।

१८ फाइनलिस्टलाई एक-एक अन्तररास्ट्रिय मेन्टर प्रदान गरिएको थियो जसमार्फत् उनीहरुले राष्ट्रिय र अन्तरराष्ट्रिय अनुभव र विचारहरूबाट मार्गदर्शन बटुल्ने अवसर पाए।

अन्तिममा तीन शीर्ष फाइनलिस्ट र एक विजेता टोली चयन हुनेछ। कार्यक्रममा अनिल केशरी शाह, आकाश खड्का, समीर श्रेष्ठ, संजोग कोइराला , सनुप पौडेल, ऋचा शर्मा र ओसिस थापाको उपस्थिति रहनेछ भने अनुकार महर्जन, डेगेन्द्र शिवाकोटी, नवरूप सहदेव, आंचल कुँवर, सोनिका मानन्धर,आरती गुरुङ मल्ल र डा। सूर्यराज आचार्य निर्णायक रहनेछन ।

क्याम्पस अन्तर्गत कार्यक्रमका विजेताहरूले १८ हजारको पुरस्कार कोष पाउनेछन् र १ पासवर्डबाट एक वर्षको निःशुल्क खाता प्राप्त गर्नेछन्।

फेब्रुअरी १५ मा दराजले समग्र क्याम्पस अन्तर्गत शीर्ष विजेता टोलीको लागि अन-साइट सत्रको आयोजना गर्नेछ।

समग्रमा क्याम्पस अन्तर्गत सबै विजेता टोलीका प्रत्येक सदस्यले रु ५०० दराज भाउचर प्राप्त गर्नेछन्। अन्य पुरस्कारहरू क्लर्की, डिजिटल ओशन, र टास्केडबाट पनि उपलब्ध हुनेछन्।

चार उद्यमशील वक्ता श्रृंखला, दुई वर्कशप, दुई मेन्टरशिप सत्र, र सेमिफाइनलपछि क्याम्पस आईओई हल्ट प्राइज कार्यक्रम फाइनलमा पुग्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here