चुनावका लागि बजेट व्यवस्थापन चुनौतीपूर्ण, छुट्टाइएको भन्दा ५ गुणाबढी माग

काठमाडौं, २७ माघ । स्थानीय तहको निर्वाचनको लागि बजेट व्यवस्थापन चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयले अनुमान गरेको छ ।

बिहीबार अर्थमन्त्रालयमा चालू आर्थिक बर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले माग उच्च हुँदा मन्त्रालयलाई दबाब बढेको बताएका हुन् ।

बजेटमा निर्वाचनको लागि १० अर्ब रुपैयाँ छुट्याएको छ। तर मागभन्दा ५ गुणा बढी बजेटको माग आएको मन्त्रालयले जनाएको छ।

चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेकाले व्यवस्थापनका लागि स्रोत खोज्न समस्या हुने शर्माको भनाइ छ । यसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।

सरकारले आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।

निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो संख्यामा म्यादी सुरक्षाकर्मी परिचालनका लागि तलबभत्तामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ  ।

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ ।

पौडेलले ल्याएका बजेट संशोधन गरेका अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here