चोरीका १७ मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, २७ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन् ।

काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको हुलिया निबेदन पश्वात परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरेर जिम्मा लगाएको एसएसपी जोशीले बताए ।

उनले मोटरासाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखि सूचना संकलन भैरहेको छ ।

मोटरसाईकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भईरहेको बताए ।

थप प्रष्ट पार्दै एसएसपी जोशीले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताए ।

उनले सवारी चालक थप जिम्मेवार बनिसुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे ।

महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाईकल हराएको भनि निबेदन परेको मध्ये ३०९ वटा मोटरसाइकल फेला पारेको हो ।

जस मध्ये २४४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

बिभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाइकल सहित ३८ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउगरि आबश्यक अनुसन्धान एव कारबाहीको लागी प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएकोछ।

त्यसैगरि ट्राफिक महाशाखाको सुचनाको आधारमा उपत्यकाबाट हराएका १३ वटा मोटरसाइकलहरु उपत्यका बाहिरका बिभिन्न जिल्लाहरुबाट नियन्त्रणमा लिई सम्बन्धित धनीले प्राप्त गरेको समेत महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here