थप १३६९ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन

काठमाडौं, २७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १०१३ जना र ३००० जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ गरी १३६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७१ हजार ४७५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२३८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ३० हजार ६०७ पुगेको छ । संक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १२ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here