दाङमा जुत्ता–चप्पल गोदाममा आगलागी, ५ जनाको मृत्यु

काठमाडौं, २८ माघ । तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ।

दाङ प्रहरीका अनुसार इरम फुटवेयर चप्पल गोदाम रहेको चारतले घरमा बिहीबार राति भएको आलगागीमा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

गोदाम रहेको चार तले घरमा बिहीवार राति २ बजे आगलागी भएको प्रहरीले बताएको छ। आगो पहिलो तलाबट लागेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here