शिवम् सिमेन्ट्सको नाफा ४२ करोड ७३ लाख, प्रति शेयर आम्दानी कति ?

काठमाडौं, २८ माघ । शिवम् सिमेन्ट्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा ४२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

समीक्षा अवधिको नाफा गत वर्षको यही अवधिको तुलनामा २७.५३ प्रतिशतले कम हो।

गत वर्ष यही अवधिमा कम्पनीले ५८ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

सिमेन्ट बिक्रीबाट हुने आम्दानी ४ अर्ब २५ करोड ५९ लाख रुपैयाँबाट बढेर ४ अर्ब ६० करोड ३१ लाख रुपैयाँ पुगेपनि खर्चहरुमा वृद्धि हुँदा नाफा प्रभावित भएको देखिन्छ ।

विशेषगरी, कच्चा पदार्थको खपत, विद्युत तथा उर्जा र अन्य शीर्षकमा खर्च बढेको छ ।

कच्चा पदर्थको खपतमा भएको खर्च १ अर्ब ७३ करोड २० लाख रुपैयाँबाट बढेर २ अर्ब ६ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, विद्युत तथा उर्जाको खर्च ९१ करोड रुपैयाँबाट बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । अन्य खर्च पनि ३३ करोडबाट बढेर ४८ करोड रुपैयाँ पुगेको छ ।

चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियमा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) १९.४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०३.५९ रुपैयाँ र तरलता अनुपात १.३५ प्रतिशत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here