प्रतितोला ९४ हजार पुग्यो सुनको मूल्य

काठमाडौं, २० माघ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । विहीवार प्रतितोला ५०० ले बढेको थियो ।

विहिबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासघंले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । विहिबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here