राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक, विनियोजन बजेट १६.३९ प्रतिशत खर्च

फाइलफोटो

काठमाडौं, २८ माघ । राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति निराशाजनक देखिएको छ ।

सरकारले प्रत्येक वर्ष राष्ट्रिय गौरवका आयोजनामा खर्च बढाउने गरी कार्यविधि बनाएपनि खर्चको स्थिति भने निराशाजनक देखिएको हो ।

यो वर्ष ६ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनाको खर्च जम्मा १६.३९ प्रतिशत देखिएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि कूल ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

जसमा आर्थिक वर्षको पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा १३ अर्ब ४८ करोड ३६ लाख खर्च भएको छ ।

आयोजनाका लागि चालुतर्फ ३ अर्ब ३८ करोड ४६ लाख, पूँजीगततर्फ ६६ अर्ब ४७ करोड र वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब ३८ करोड ४६ लाख गरी ८२ अर्ब २४ करोड ४४ लाख बजेट विनियोजन गरिएको थियो ।

उक्त विनियोजन गरिएको बजेटअन्तर्गत चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चालुतर्फ १ अर्ब ३६ करोड ८० लाख, पूँजीगततर्फ ११ अर्ब ६३ करोड ६ लाख र वित्तीय व्यवस्थापनतर्फ ४८ अर्ब ५० लाख गरी १३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here