५ लाखसम्मको कर्जा प्रवाह सम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने

काठमाडौं, २८ माघ । बैंक तथा वित्तीय संस्थाहरुले तलबी खातामा अधिकतम ५ लाख रुपैयाँसम्म विद्युतीय कर्जा प्रवाह गर्न पाउने सीमा तोकिएको छ।

शुक्रबार राष्ट्र बैंकले मार्गनिर्देशन जारी गदै भुक्तानी ५ लाखसम्मको कर्जा प्रवाह सम्बन्धी सम्पूर्ण काम अनलाइन प्रणालीबाटै हुने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरुले तलबी खाता रहेका वा पेसागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाख रुपैयाँसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाख रुपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध गराउन पाउनेछन्।

यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्मको हुनेछ। यसका साथै कर्जा प्रदान गर्दा र फिर्ता भुक्तान गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

कर्जाको आवेदन दिने ग्राहक कर्जा प्राप्त गर्न योग्य भए/नभएको पर्याप्त विश्लेषण गरी योग्य आवेदकलाई विद्युतीय माध्यमबाट कर्जा स्वीकृत भएको जानकारी गराउनु पर्नेछ । स्वीकत कर्जा रकम प्रवाह गर्दा सम्बन्धित ग्राहकको खातामा जम्मा गरी सोको जानकारी ग्राहकलाई दिनुपर्नेछ।

कर्जासम्बन्धी कागजातहरू विद्युतीय माध्यममा सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।

कर्जा प्रवाह प्रक्रिया, ग्राहक, बैंक तथा वित्तीय संस्थाको कर्तव्य तथा उत्तरदायित्व, ग्राहक संरक्षणसँग सम्बन्धित विषयहरू, कर्जासम्बन्धी गुनासो सुनुवाईको व्यवस्था सम्बन्धमा विद्युतीय माध्यमबाट पर्याप्त जानकारी दिने व्यवस्था मिलाउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here