तोडियो ‘भद्रसहमति’, अब बैंकहरुको ब्याजदर बढ्ने

काठमाडौं २८, माघ ।

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने सम्बन्धमा गरेको यसअघिको निर्णय खारेज भएको छ । बैंकर्स संघको बैठकले शुक्रबार ब्याजदरमा यसअघिको ‘भद्रसहमति’ खारेज गर्ने निर्णय गरेको हो ।

अब फागुनदेखि बैंकहरुले राष्ट्र बैंकको निर्देशित सीम भित्र रहेर आफ्नो वर्गका बैंकहरुको औसत ब्याजदरको आधारमा अधिकतम १० प्रतिशत विन्दुले बढाउन/घटाउन सक्नेछन ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो वर्गका वित्तीय संस्थाको निक्षेपको औसत ब्याजदरको तुलनामा बढीमा १० प्रतिशत विन्दुले घटाउन वा बढाउन पाउँछन् ।

सोही निर्देशन अनुसार बैंकहरुले गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर बढाएका थिए । तर, पुस र माघमा आपसमा ‘भद्रसहमति’ गरेर निक्षेपको ब्याजदर स्थिर राखेका थिए ।

यही पुससम्म वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम १०.०५ प्रतिशत ब्याजदर दिएका छन् । यसका आधारमा संस्थागत मुद्दती निक्षेपमा ९.०५ प्रतिशत र साधारण बचतमा ५.०५ प्रतिशत

ब्याजदर कायम छ ।

अब फागुन महिनाका लागि बैंकहरुले पुस महिनामा बैंकहरुको निक्षेपको औसत ब्याजदरका आधारमा १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्नेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here