प्लेनको विजनेश क्लासमा बलत्कारको घटना सार्वजनिक

Photo : liveandletsfly.com

२९ माघ, काठमाडौं । सामान्यतया प्लेन यात्राका दौरान यौन हिंसाका घटना बिरलै सुनिन्छ । त्यसकारण यस्ता घटना भइहालेमा त्यो ठूलो् समाचार बन्छ । यस्तै घटना अमेरिकाबाट लण्डनका लागि उडेको एक जहाजमा भएको छ । जहाँ एक महिला यात्रुले अर्को पुरष यात्रुमाथि बलत्कारको आरोप लगाएकी छिन् ।

द सनले लेखेको समाचार अनुसार अमेरिकाको न्यू जर्सीबाट लण्डनका लागि उडेको जहाजमा यस्तो घटना भएको हो । आरोपपछि प्रहरीले पुरुषलाई पक्राउ गरेको थियो । उनी जमानतमा छुटेका छन् । समाचार अनुसार यो कुल ७ घण्टा लामो उडान थियो । सबै यात्रु सुतेको मौकामा घटना घटाएको आरोप महिलाले लगाएकीप् छिन् ।

घटनापछि उनले एयरलाइन्सका कर्मचारीलाई जानकारी गराएकी थिइन् । घटना अघिल्लो साताको हो । महिला र पुरुष दुबैको उमेर ४० वर्ष रहेको समाचारमा उल्लेख छ ।

दुबै जना बेलायती नागरिक हुन् । दुबै जना विजनेश क्लासको अलग अलग सिटमा थिए । उनीहरु परिचित थिएनन् । तर, जहाज उड्नु अगाडी लाउन्ज एरियामा उनीहरुले सँगै मदिरापान गरेको समेत खुलेको छ । समाचार अनुसार पछिल्लो समय अमेरिकामा जहाजमै यौन हिंसाका घटना बढी हुन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here