शान्ती सैनिक बोकेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज लिवियामा

२९ माघ, काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज पहिलो पटक लिवियामा अवतरण गरेको छ । एयरबस ३३० जहाज त्रिभुवन विमानस्थलबाट २ः५५ मा उडेको थियो ।

यो जहाज लिवियाको राजधानी त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समय अनुसार बिहान १० बजे अवतरण गरेको नेपाल एयरलाइन्सले जनाएको छ ।

यो जहाज आजै राती ११ः२५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । यसअघि निगमले द्धन्द्धग्रस्त मुलुकहरु साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, माली तथा कंगोमा उडान गरिसकेको नेपाल एयरलाइन्सका अपरे्शन विभाग प्रमुख दीप ज्वार्चनले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here