पश्चिमी वायूको सामान्य प्रभाव: कस्तो रहन्छ आगामी तीनदिनको मौसम ?

काठमाडौं, १ फागुन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो रहेको छ।

देशको तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको र अपरान्हपछि बिस्तारै हटेर जाने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०१ गते (आइतबार)

दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

फागुन ०२ गते (सोमबार)

दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभागका आंशिक बदली रहि बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन ०३ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बाकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बाकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here