४९ रुपैयाँमा नेपाल टेलिकमको अनलिमिटेड डेटा र भ्वाइस सुविधा

काठमाडौं, १ फागुन । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर सार्वजनिक गरेको छ। प्रणय दिवसका अवसरमा टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस सुविधा दिएको हो।

टेलिकमका अनुसार ४९ रुपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड भ्वाइस र अनलिमिटेड डेटा पाइनेछ। ग्राहकले १ एमबीपीएस गतिमा डेटा चलाउन सक्नेछन्।

अनलिमिटेड भ्वाइस कल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

यो अफर फागुन १ र २ गते मात्रै लागु हुने टेलिकमले जनाएको छ । यो अफर सुचारू गर्न *१४१५*११# डायल गर्नुपर्नेछ । टेलिकमको मोबाइल एप प्रयोग गरेर यो अफर लिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here