किन बिनायात्रु चलाउन लागिएको छ नेपाली रेल ?

फाइल

काठमाडौं, १ फागुन । धनुषाको इनर्वा स्टेशनमा लामो समयदेखि थन्किएको नेपाली रेल आजबाट १० दिनसम्म नियमित गुड्ने छ । तर, रेलमा यात्रु भने हुने छैनन् । जयनगर–कुर्था रेलमार्गमा बिहान १० बजेदेखि रेल सञ्चालनको तयारी छ ।

यो रेलको रुट भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म हो । रेल आज पुनः जयनगर नै फर्काउने कार्यक्रम छ । उद्घाटन नभएसम्म यात्रु विना नै रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीले जनाएको छ ।

त्यसमा पनि रेललाई सुरक्षित बनाउन पहिलो केही दिन यात्रु नराखी चलाउन लागिएको हो । यसलाई परीक्षणका रुपमा लिइएको छ । रेल कुद्ने भएपछि लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ ।

यसबाट मानिसहरुमा अब नियमित रेल चल्ने आभास हुने र यात्रु बोक्दा असहज नहुने अवस्था बनाउने कम्पनीको विश्वास छ । जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटर लामो रेलमार्ग रहेको छ । रेलको नेपाल र भारतका प्रधानमन्त्रीबाट उद्घाटन गराएपछि यात्रु चढ्न पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here