प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा, कामुको जिम्मेवारीमा कार्की

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्।

संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै नेपालको संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका हुन्।

राणा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्नेछन् ।

राणाविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार बिहान महाअभियोग दर्ता गरेका हुन्।

महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, जीवनराम श्रेष्ठ, पुष्पा भुसाल, देव गुरूङलगायत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here