पार्टी खारेज र माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेशीबाट हटाइयो

काठमाडौं, १ फागुन । एकीकृत समाजवादी पार्टी खारेज र माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न गर्दै परेको रिटमा आज पनि सुनुवाइपछि पेशीबाट हटाइएको छ।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले पेशीमा चढे पनि सो रिट आज आइतबार हटाउन माग गर्दै निवेदन दिएपछि यो रिटलाई पेसीबाट हटाइएको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा रिट पेशी तोकिएको थियो।

आदेशमा भनिएको छ, ‘यसमा प्रत्यर्थीमध्येको लुम्बिनी प्रदेश सभा सचिवालय समेतबाट प्रतिरक्षामा खटिएको अवस्थामा रूघा खोकी र ज्वरो समेतले ग्रस्त भई कोभिड पोजेटिभजस्ता लक्षणहरू देखिई आइसोलेसनमा रहेको कारण आजको पेशी हटाई पाऊँ भनी प्रदेश नं. ५ का मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीको निवेदन पर्न आएको हुँदा आजको पेशीबाट हटाइएको छ।

सर्वोच्चले यसअघि निर्वाचन आयोग र सभामुख सचिवालयबाट यससम्बन्धी निर्णय गर्दाका कागजात झिकाएको थियो।

काममा रोक लगाउन अन्तरिम आदेश माग गरिए पनि अन्तरिम आदेश भने आएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here