लियोनल मेसीलाई खेल जीवनको दोस्रो रातो कार्ड

२२ असार, ब्राजिल । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेल जीवनकै दोस्रो रातो कार्ड पाई मैदानबाट बाहिरिनु परेको छ ।

आइतबार बिहान कोपा अमेरिका फूटबलको तेस्रो स्थानका लागि भएको चिलीसँगको खेलमा मेसीलाई रेफ्रीले रातो कार्ड दिँदै मैदान बाहिर पठाए ।

३७ औं मिनेटमा आफ्नो डीबक्स एरियाको बल खोस्ने क्रममा चिलीका ग्यारी मेडलसँग उनको धक्काधक्की भएको थियो । मेसीलाई रेफ्रीले रातो कार्ड दिएसँगै माहोल तनावपूर्ण बनेको थियो ।

किनकी रेफ्रीले डिभियो एसिस्टेन्ट सुविधा हुँदाहुँदै नहेरी सिधै रातो कार्ड देखाएका थिए । भिडियोमा भने मेसीलाई ग्यारीले निरन्तर छातीमा टाउकोले हिर्काएको देखिन्छ । रेफ्रीको यो निर्णयको भने संसारभर आलोचना भइरहेको छ ।

मेसीले पहिलो रातो कार्ड अर्जेन्टिनाबाट देशका लागि डेब्यू गरेको पहिलो खेलमै पाएका थिए । सन् २००५ मा हंगेरी विरुद्धको खेलमा उनलाई रातो कार्ड दिइएको थियो ।

१४ वर्षपछि अर्जेन्टिनाकै जर्सीमा उनले दोस्रो रातो कार्ड पाएका हुन् । मेसीलाई टाउकोले छातीमा हिर्काएका ग्यारी मेडलले पनि रातो कार्ड पाए । त्यसपछि भने खेल तनावपूर्ण बनेको थियो ।

कप्तानमेसीलाई रातो कार्ड दिएर मैदान बाहिर पठाउनु अघि नै चिलिविरुद्ध अर्जेन्टिनाले दुई गोल गरिसकेको थियो । समग्रमा २-१ गोलले जीत निकाल्दै अर्जेन्टिना कोपा अमेरिका फूटबलको तेस्रो स्थानमा रह्यो ।

अर्जेन्टिनाले १२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका थिए । १० मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here