पछिल्लो २४ घण्टामा ३९३५ जना संक्रमण मुक्त, १० जना संक्रमितको निधन

काठमाडौं, १ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको
छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र ४०७८ जनाको एन्टिजेन परीक्षण गर्दा ९४ गरी ५२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७३ हजार ५९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९३५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ । संक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १० रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here