जाल्पा लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, १ फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ ।

आइतवार टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटारमा आइपीओ बाँडफाँड गरिएको हो ।

बाँडफाँडमा ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् ।

आइपीओओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेकोमा २५ लाख ९१ हजार ७ सय २ जना आवेदकको आवेदन मात्र भेरिफाइड भएको छ ।

भेरिफाइड आवेदन मध्ये २५ लाख ८७ हजार ४ सय १२ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ ।

२५ लाख ८७ हजार ४ सय १२ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई सेयर बाँडफाँड गरिएको छ ।

यस हिसाबमा आवेदन दिएका मध्ये २६ लाख ६१ हजार ६५ जना आवेदक हात खाली भएका छन् ।

लघुवित्तले माघ २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

सोमध्ये ८ हजार कम्पनीका कर्मचारी, २६ हजार १०० कित्ता सामूहिक लगानी कोष र ४ लाख ८७ हजार ९०० कित्ता सर्वसाधरणलाई छुट्याइएको थियो ।

हाल १० करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ विक्रीपछि १६ करोड पुग्नेछ।

यसरी हेर्नुहोस् नतिजा

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र जाल्पा सामुदायिक लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here