स्थानीयका लागि ग्रीन भेञ्चरको आइपीओ खुल्यो

काठमाडौं । स्थानीयबासीले भर्न पाउने गरि ग्रीन भेञ्चर लिमिटेडको आइपीओ खुलेको छ । कम्पनीको आयोजना प्रभावित क्षेत्रका वासिन्दाले प्राथमिक साधारण सेयर (आइपीओ) कार्यालय समयपछि भर्न सक्ने छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन हुने सेयरमा आयोजना प्रभावित क्षेत्र ओखलढुंगा खिम्जिदेवा गाउँपालिका वडा नं. १, २ र ३ (साविक रगनी, खिजिचण्डेश्वरी गाविस), लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. १ र २ (साविक दुरागाउँ र सैपु गाविस) र उमाकुण्ड गाउँपालिका ७ (साविक भुजी गाविस)का बासिन्दाले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा चैत १ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिट क्यापिटल रहेको छ ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।

कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here