‘भ्यालेन्टाइन डे’ का लागि १ करोडको गुलाब आयात, ४० प्रतिशत खपत काठमाडौंमा

काठमाडौं, २ फागुन । ‘भ्यालेन्टाइन डे’ मा प्रेमको प्रतीक मानिने रातो गुलाब १ करोड बराबरको आयात गरिएको छ ।

नेपाल फ्लोरिकल्चर एसोसिएशनको अनुसार स्वदेशी उत्पादनले नधानेपछि यस वर्ष भ्यालेन्टाइन डेको लागि उक्त रकम बराबरको गुलाब आयात भएको हो ।

कोरोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुआतदेखि घाम नलागेका कारण यसवर्ष रातो गुलाब उत्पादनमा कमी आएकाले आयात वृद्धि भएको जनाएको छ ।

हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । कोरोना महामारी अघि मागको २० प्रतिशत गुलाब नेपालमा नै उत्पादन हुने गरेको थियो । ८० प्रतिशत भारतबाट आयात हुन्थ्यो । यस पटक भने नेपालमा उत्पादन भएको गुलाबले १० प्रतिशत मात्र धानेको छ ।

यसरी ल्याइने फूलमध्ये ४० प्रतिशत काठमाडौं उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुन्छ । यसवर्ष उपभोक्ताले गुलाबप्रति स्टिक रु ८० देखि एक सय सम्ममा खरिद गर्नु परेको उपभोक्ताहरुले बताएका छन् ।

काठमाडौँ उपत्यका र चितवनमा विशेषगरी रातो गुलाबको व्यावसायिक रुपमा खेती हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here