एमालेले तत्काल चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव नल्याउने

काठमाडौं, २ फागुन । नेकपा एमाले संसदीय दलको बैठकले तत्काल सर्वोच्चका ४ न्यायाधीश विरुद्ध महाभियोग अघि नबढाउने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको वैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा होइन, सुझबुझपूर्ण रूपमा निर्णय गर्ने बताए ।

ओलीले परिस्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सत्ता गठबन्धन कसरी प्रस्तुत हुन्छ, त्यस आधारमा निर्णय गर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here