निसानको ‘नभारा प्रो फोरएक्स’ नेपाली बजारमा, मूल्य १ करोड १६ लाखसम्म

काठमाडौं । निसानले नेपाली बजारमा द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लञ्च गरेको घोषणा गरेको छ ।

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो पिकअप एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो ।

सो फोरएक्समा अल न्यू निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टम लगायतका विभिन्न बेस्ट इन क्लास टेक्नोलोजी रहेको जनाईएको छ ।

अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ ।

त्यसैगरी यसमा थिन–फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ ।

नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध छ । नभारामा बेटर फ्युल इकोनोमी, ह्यान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ ।

त्यसैगरी यसमा आर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्ट सहितको आकर्षक फिचर छ ।

यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन योग्य छ र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामना गर्न तयार छ ।

द अल–न्यु नभारामा नयाँ फिचरको रुपमा बडी–कलर्ड फ्रन्ट बम्पर (अफरोड), एलईडी हेडलाइट –ब्ल्याक) र सिग्नेचर, ब्ल्याक रियर बम्पर (स्टेप) र एफआर फगलाइट (एलईडी) रहेका छन् ।

यसको बाहिरी भाग अर्थात एक्सटेरियरमा ठूलो र रिडिजाइन गरिएको ग्रिल, थ्रीडी ट्रिम पिस, ट्रेडमार्क भी–मोसन ग्रिल, नभारा ब्रान्डिङ सहितको प्रोमिनेन्ट क्रोम ट्रिम, सार्पर एलईडी डेटाइम रनिङ लाइट, अलि अग्लो गरी मिलाइएको फगल्याम्प, नयाँ एलईडी टेलल्याम्प क्लस्टर, ह्विल आर्चमा एक्स्ट्रा बडी क्लेडिङ र नयाँ अप्सनको रुपमा सिक्स–स्पोक टु–टोन अलोय ह्विल रहेको छ ।

भित्री बनावट अर्थात इन्टेरियरमा थ्री–स्पोक स्टेयरिङ ह्विलका कारण स्पोर्टियर अनुभव हुनुका साथै ठुलो ७ इन्च मल्टी फङसनल इन्फोर्मेसन डिस्प्ले सहितको नयाँ टीएफटी मिटर र नयाँ आईभीआईले थप आकर्षक बनाएको छ ।

प्रविधि र सुरक्षाका लागि यसमा नयाँ थप फिचरको रुपमा निसान इन्टेलिजेन्ट मोबिलिटी, इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ र अफरोड मोनिटरको रुपमा स्ट्यान्डर्ड इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर रहेको छ ।

द अल–न्यु नभारा विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुनेछ र यसको मूल्य ९५ लाख ४९ हजार देखि १ करोड १६ लाख रुपैयाँ सम्म रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here