धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जना छनोट, कसको सम्भावना बलियो ?

काठमाडौं, २ फागुन । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिसमा परेको छ ।

नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले उत्कृष्ट ५ बाट ३ जना अध्यक्ष छनोटका लागि सिफारिस गरेको हो ।

अब मन्त्रीपरिषद बैठकले ती तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । सिफारिस गरिएका नामहरुमा गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल छन् ।

छनोट भएका ५ जनामध्येबाट समितिले निरज गिरी र खगेन्द्र कटुवालको छनोटमा परेन् । उत्कृष्ठ ५ जनाको आइतबार प्रस्तुति थियो ।

उनीहरूले दिएको प्रस्तुतिमध्ये सबैभन्दा कमजोर प्रस्तुति खगेन्द्र कटुवालको रहेको स्रोतको दाबी छ । बोर्डको अध्यक्षमा हमालको पल्ला भारी देखिने सम्भावना रहेको स्रोतको दाबी छ ।

हमालले दिएको प्रस्तुति अन्यको तुलनामा बढी देखिएको र उनलाईलाई अर्थमन्त्री जनार्दन शर्माको साथ रहेको बताइएको छ ।

सिफारिस समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वराज पौडेल छन् । सदस्यमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ भुसाल छन् ।

यसअघि छनोट समितिले १५ आवेदक मध्ये उत्कृष्ट ५ को छनोट गरेको थियो ।

अघिल्लो पटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो । पहिलो सिफारिस समितिको गठन प्रक्रियामै प्रश्न उठेपछि सरकारले दोस्रो पटक समिति गठन गरेको थियो ।

गत कात्तिक ११ गते अध्यक्षका लागि पहिलोपटक दरखास्त माग गरेको मन्त्रालयले दुई महिनापछि फेरि नयाँ विज्ञापन खुलाएको थियो ।

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।

धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here