जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमा शुल्क ?

काठमाडौं, ३ फागुन । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् ।

नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७० अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् ।

उनीहरुले आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा कूल ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् ।

बीमा कम्पनीले गत (साउन–पुस) मसान्तम्म कूल १ करोड १० लाख ४१ हजार ८८ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क उठाएका हुन् ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । नेपाल लाइफले १८ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९८ करोड रुपैयाँ, यूनियन लाइफले ४ अर्ब १२ करोड रुपैयाँ करोड रुपैयाँ आर्जन गरेको छ । मेट लाइफले २ अर्ब ६६ करोड रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने ज्योति लाइफको १ अर्ब ७० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यस्तै, रिलायन्स लाइफले १ अर्ब ४३ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ६३करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।

कुनले कति आर्जन गरे बीमा शुल्क ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here