संसदमा एमसीसी पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं, ३ फागुन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा पेश गर्ने निर्णय गरेको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी संसदीय दलको बैठकले एमसीसी संसद्‌मा पेश गर्ने निर्णय गरेको हो ।

गठबन्धनमा रहेका अन्य दलहरुले पनि एमसीसीलाई सकारात्मक रुपमा लिँदै संसदबाट अनुमोदन गराउन सहयोग गर्नुपर्ने कांग्रेसको ठहर छ ।

पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए ।

उनले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोप समेत लगाए। नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरु बढ्ने र पूर्वाधारको विकास हुने पनि बताए।

एमसीसीको बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसी नेपालको कानून अनुसार सम्झौता गरिएको उनको भनाइ छ।

उनले बीआरआई र इण्डोप्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको बताए । एमसीसी सहयोग कुनै पनि मुलुकको हितविपरित नभएको दाबीसमेत उनले गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here