बुद्ध एयरले पोखराबाट जनकपुर र धनगढी उडान गर्ने

काठमाडौं, ३ फागुन । बुद्ध एयरले मार्च १ देखि जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान भर्न लागेको छ ।

शुरुमा साताका ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको एयरलाइन्सले जनाएको छ।

जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहिबार र शनिवार र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडान तालिका बुद्ध एयरले प्रकाशित गरेको छ ।

सिधा उडानबाट अनावश्यक झन्झटको साथै यात्रुहरुको समय पनि वचत हुनेछ । यी दुई गन्तव्यको लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले आकर्षक प्याकेज पनि ल्याउन लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here