नेपाल बन्दको आंशिक प्रभाव, सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

फाइलफोटो

काठमाडौं, ४ फागुन । बन्दको प्रभाव काठमाडौँ उपत्यकामा खासै परेको छैन। सवारीसाधन भने अघिल्लो दिनको तुलनामा कम चलेका छन्।

काठमाडौँ उपत्यकाका मुख्य चोक र सडकका मुख्य मुख्य स्थानमा सुरक्षाकर्मीहरु परिचालन भएका छन्।

साविक दिनभन्दा आज सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको छ। जसले गर्दा सवारीसाधनको चहलपहल बढ्दै आएको सुरक्षा निकायले जनाएको छ।

एमसिसी सम्झौता प्रतिनिधिसभामा पेश हुने सम्भावना रहेको परिवेशमा त्यसको विरोधमा रहेको दल तथा मोर्चाहरुले बुधबार नेपाल बन्द घोषणा गरेका हुन् ।

जसमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here