फागुन ११ देखि नेष्डो समृद्ध लघुवित्तको आइपीओ खुल्ने

काठमाडौं, ४ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ११ गतेदेखि साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आइपीओ निष्कासन गर्न लागेकाे हाे ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

११ गते खुल्ने शेयर १५ गते बैंकिङ समयपछि बन्द हुने छ। सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको संकेत गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here