राष्ट्र उत्थान लघुवित्तको आइपीओ खुल्यो, कति भर्ने ?

काठमाडौं, ४ फागुन । राष्ट्र उत्थान लघुवित्तले बुधबार फागुन ४ गतेबाट आइपीओ खुला गरेको छ ।

संस्थाले १० बजेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) खुला गर्न लागेको हो । यस लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा राष्ट्र उत्थानले ८ लाख ५० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

निष्काशन हुने कुल सेयरमध्ये ०.५ प्रतिशत (१३ हजार कित्ता) संस्थाका कर्मचारी र ५ प्रतिशत (४२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा फागुन ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या अत्याधिक वृद्धि हुँदै गएको छ । अझै लघुवित्तको आइपीओमा लगानीकर्ताको आधर्षण अधिक रहने गरेको छ ।

हालै मात्र जाल्पा लघुवित्तको आइपीओमा २७ लाख बढीले आवेदन दिएका थिए । जुन हालसम्मकै उच्च हो ।

विगतमा परेको आवेदनलाई आधार मान्ने हो भने राष्ट्र उत्थानको सेयर पाउन पनि लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने देखिन्छ ।

त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात् १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here