इमर्जिङ नेपालको आइपीओ बाँडफाँड हुँदै

काठमाडौं, ४ फागुन । इमर्जिङ नेपालको आइपीओ बुधबार दिउँसो बाँडफाँड हुने भएको छ । कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा दिउँसो ३:३० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार यसको प्री–अलोटमेन्ट मंगलबार सम्पन्न भइसकेको छ ।

कम्पनीले माघ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

यो आइपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ करोड ७८ लाख ६९ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा ५३.८७ गुणा बढी आवेदन हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here