एक सातामा वाणिज्य बैंकहरुको निक्षेप स्थिर, कर्जा प्रवाह ६ अर्ब

काठमाडौं, ४ फागुन । वाणिज्य बैंकहरुमा निक्षेप संकलन फेरि घट्न थालेको छ ।

नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हो ।

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप स्थिर रहँदा कर्जा भने ६ अर्ब प्रवाह गरेका छन् । माघ चौथो सातामा बैंकहरुको निक्षेप तेस्रो साताको तुलनामा बराबर अर्थात ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ ।

पुस महिनाको अन्तिम साता बैंकहरुले ४३ खर्ब २४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका थिए । जुन पछिल्लो एक महिनाको तुलनामा १३ अर्बंले घटी हो ।

माघ तेश्रो सातामा ४१ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले अन्तिम सातामा ४१ खर्ब ५५ अर्ब रुपैयाँ पुर्याएका छन् ।

तर यो रकम अघिल्लो महिनाको तुलनामा भने १२ अर्ब रुपैयाँले बढी हो । बैंकहरुले अघिल्लो महिना अर्थात पुस मसान्तसम्ममा ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंकहरुमा लगानी योग्य रकम (तरलता) को पुनः अभावको संकेत देखिएको छ । स्थानीय तहको मौज्दात रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाएपछि सहज भएको तरलता समस्या पुनः बल्झिने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here